आदणीय फ्रान्स वासी दाजुभाई तथा दिदीवहीनीहरू,
नमस्कार !
गैर आवसीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद फ्रान्सको सातौं माहाधिवेशन बाट यहाँहरू सम्पूर्ण को विश्वास र मतदान बाट हामी नयां कार्यसमिती (२०१७-२०१९) ले पूर्णत पाएको छौं । यसै सन्दर्भमा (२०१५-२०१७ ) का निवर्तावान कार्यसमिति लाई विदाई र निर्वाचन आयोग लाई धन्यवाद ज्ञापन गर्ने र « शुभकामना आदान प्रदान कार्यक्रम » नेपाली दूतावास पेरिस की राजदूत माहामहिम श्रीमती अम्बीका देवी मानन्धर लुईटेलको प्रमुख अाथित्यमा « गर्न गै रहेकोले सम्पूर्ण फ्रान्सवासी दाजुभाई दिदीवहीनी ज्युहरूलाई तल उल्लेखित मिति , स्थान र समय मा यहाँहरू को गरिमामय उपस्थिति का लागी हार्दिक अनुरोध गर्दछौं । फ्रान्सवासी हामी जहीले पनी ‘दु:ख मा मात्र एक हुंदैनौ की शु:ख मा ‘पनी एक हुन्छौं भन्ने उदाहरण स्वरूप यो कार्यक्रम नज़ीर होस् भन्ने हाम्रो उद्देश्य ले सार्वजनिकरूपमा सबैलाई निमन्त्रणा गर्दछौं ।

कार्यक्रमको विवरण :-
प्रवेश शुल्क :- निशुल्क नेपाली खाना ( दाल, भात, मासु ,तरकारी ) तथा जलपानको ब्यवस्था गरिएको छ , साथ मा स्थानीय नेपाली कलाकारहरूको जोडदार प्रस्तुती हुनेंछन ।
मिति : ०३ सेक्टेम्बर २०१७ आईतबार ,
समय: दिन को १३:३०(१:३०) बजे देखि १९:०० (७:००) बजे सम्म,
स्थान : लाकुर्नवको रामपाजीको हल ,14 rue George Politzer 93120 La Courneuve , FRANCE
जानको लागी
(RER’B’ station- la Courneuve Aubervilliers बाट वा Tram No. 1 .station -hotel de ville de La Courneuve बाट वस नं २४९ र १४३ नं स्टेशन – jean mermoz-Henri Barbusse )

 

एक बहादुर मल्ल ठकुरी
अध्यक्ष