गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्स को नव निर्वाचित समितीको पहिलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संसार कै रमणिय शहर मध्य चिनिने पेरिस फ्रान्स शहर संगै जोडिएको नेपालीहरूको बढी वस्ती भएको लाकुर्नव शहरमा भएको थियो ।
संघ का अध्यक्ष एक बहादुर मल्लको अध्यक्षता र नेपाली राजदूतवास पेरिस फ्रान्स की महामहिम राजदूत अम्बिका देवी मानन्धर लुईटेलको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रम भव्य र सव्य रहेको थियो मन्तव्य वक्ताहरू बोल्ने क्रममा वीच वीच मा स्थानिय कलाकारहरू को जोडदार डान्स प्रस्तुती गरिएको हुनाले समय सकिएको उपस्थित कोही कसैले नी पत्तो नै नभए झै कार्यक्रम हल मा देखिन्थ्यो । सबै उपस्थित महानुभावहरूले पूर्व घोषणा अनुसार नेपाली स्वादिष्ट खाना खांदै कार्यक्रम भरी भरपुर मनोरंजन र शुभकामना आदान प्रदान गरे । अन्तमा निवर्तामान अध्यक्ष र आई सि सि सदस्यलाई प्रमुख अतिथि र अध्यक्ष को हातबाट माया को चिनो दिंदै खादा ओडीएर सम्मान तथा विदाई गरिएको थियो ।

स्मरण रहोस् एन आर एन ए फ्रान्स मा सहयोग गर्ने सम्पूर्ण क्रमश: फुटबल , भलीवल खेलाडीहरू, स्वयम् सेवकहरू, कालाकारहरू लाई मंचमा बोलाएर प्रमुख अतिथिको र अध्यक्षको हात बाट खादा ओडाएर सम्मान गरिएको थियो ।

भने संघ का निवर्तावान सदस्य किरण के सी ले व्याक्तिगत रूपमा नव निर्वाचित समितीका पदाधिकारी एवं सदस्यहरू र निवर्तावान अधयक्ष , आई सि सी सदस्यलाई खादा ओडाएर सम्मान तथा बधाई र धन्यवाद ब्यक्त गर्नु भए लगतै कार्यक्रम का अध्यक्षले कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पेरिसका प्रतिनिधि हेमन्त उपाध्याय, म्याग्दी समाज पेरिसका अध्यक्ष हेम वानिया, नेपाली एकाता समाज पेरिसका प्रतिनिधि सूर्य पौडेल, एभरेस्ट ग्रुपमा अध्यक्ष कमल अधिकारी, संघ की भू. पु. महासचिव अनुराधा पौडेल, पाकोफेन फ्रान्स की अध्यक्ष सुमित्रा प्रधान, तमु समाज फ्रान्स का प्रतिनिधि तुला राम गुरूंग,अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१५-२०१७ ) का ICC सदस्य मिन बहादुर जी सी, संघका संस्थापक अध्यक्ष एवं पूर्व प्रमुख संरक्षक हरिहर अर्याल ,गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१७-२०१९) का नव निर्वाचित ICC सदस्य सुवर्ण विक्रम हमाल, संघ का निवर्तामान अध्यक्ष भक्त वाग्ले लगायतले नयाँ कार्यसमितिलाइ बधाई तथा शुभकामना दिए । स्वागत मन्तव्य संघ की वरिष्ठ उपाध्यक्ष गीता खनाल थापाले तथा कार्यक्रम संचालन संघका महासचिव नरेन्द्र शाही ठकुरीले गरेका थिए ।