सुचना! सुचना!! सुचना!!!

नेपाली चलचित्र « साइँली »

फ्रान्सबासी दाजुभाई तथा दिदी बहिनीहरूमा आउँदै गरेको नेपाली नयाँ बर्ष २०७६ को अग्रिम शुभकामना!!!

गैर आवसिय नेपाली संघ को उदेश्य भनेको विदेश मा रहेर पनि हाम्रो देशको प्रवर्धन गर्ने, नेपाली कला संस्कृतिको जगेर्ना गर्नु तथा हाम्रा बालबच्चाहरू लाई आफ्नो नेपाली संस्कार सिकाउनु हामी सबैको कर्तव्य पनि हो।

एन आर एन फ्रान्सले बिगतका दिनहरूमा बिभिन्न कार्यक्रमहरू र आर्थिक संकलन गरी नेपालमा प्राकृतिक प्रकोप पर्दा र फ्रान्समा रहेका नेपालीहरूलाई गाह्रो अप्ठयारो र बिपद् मा उद्धार र सहयोग गरेको सबैमा सर्वविदित नै छ।

एन आर एन ए फ्रान्सको आपतकालिन कोष बृद्दी गर्न साथै फ्रान्समा रहेका नेपालीहरूलाई मनोरंजन दिने र नेपाली चलचित्रको जगेर्ना स्वरुप येहि आउदो २८ अप्रिल र ५ मे आइतबारको दिन नेपालमा भरखर रिलीज भएको बहु चर्चित र सर्बाधिक मन पराईएको नेपाली चलचित्र « साइँली »प्रदर्शन गर्न लागिएको हुँदा यहाँहरूको गरिमामय सहभगिता भएर सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौं।

साथै उक्त दिन पेरीस स्थित नेपाली संघ संस्थाहरूले कुनै पनि कार्यक्रम नजुधाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं।

१) मिती : २८-०४-२०१९ 
दिउँसो ठीक :१५:३० बाट १७ :३० सम्म

२) मिती : ०५-०५- २०१९ 
दिउँसो ठीक :१५:३० बाट १७:३० सम्म

टिकट मुल्य, 
५ बर्ष मुनी: नि:शुल्क 
५-१० बर्ष सम्म: 8€
१० बर्ष भन्दा माथि: 15€

Venue: Cinéma Chaplin St Lambert 
6 Rue Peclet, 75015 Paris

Station: 
Métro 8 : Commerce 
Métro 12 : Vaugirard 
Métro 6 : Cambronne

सिट सिमित भएकोले आफ्नो टिकट पहिलानै सुरक्षित गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौं। टिकटको लागि एन आर एन ए फ्रान्सका कार्यसमितीलाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गार्दैछौ। 
धन्यवाद ।
अध्यक्ष 
एक व मल्ल
एनआर एन ए फ्रान्स परिवार ।