हार्दिक आव्हान 
फ्रान्सवासी नेपाली दाजुभाइ दिदिबैनिहरु,

यहि मिति १७ चैत्र २०७५ (तदनुरुप ३१ मार्च २०१९ ) का दिन नेपालको बारा र पर्सा लगायत जिल्लामा भारि बर्षा संगै आएको हावाहुरीले कैयॊको मृत्यु ,सयॊ घाइते, हजारौ घरबार बिहिन तथा अकल्पनीय सार्बजनिक नोक्सानी भएको खबरले एनआरएनए फ्रान्स लगायत सम्पूर्ण फ्रान्सबासि नेपालीहरुलाई मर्माहित बनाएको छ । यस दुखद घडीमा अकालमानै प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउन पुगेका सबैमा हार्दिक श्रदान्जाली अर्पण गर्दै सम्पूर्ण घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको टोली घटानास्थलमा राहत वितरणमा खटिएको तथा संघले विश्वभरका राष्ट्रिय परिषदहरुलाई कम्तिमा ५०,००० रुपैयाँ संकलन गरि पठाउन अनुरोध गरेको परिपेक्षमा प्राकृतिक विपतिको यस घडीमा एनआरएनए फ्रान्सले तत्काल आपतकालीन राहत स्वरुप एक लाख तैतीस हजार नेपाली रुपैया (१००० यूरो ) सहयोगको घोषणा गर्दै यथासिघ्र सम्बन्धित निकायमार्फत हस्तान्तरण गर्ने जानकारी गराउदछौ ! साथै बिपतीको यो अवस्थामा फ्रान्स स्थित सम्पूर्ण स्थानीय नेपाली समाज, समुदाय र संघसंस्थाहरुलाई हातेमालो गर्दै सहयोग संकलनको लागि एकजूट भै लाग्नुहुन हार्दिक आव्हान गर्दछौ।

सहयोगका लागी एन आर एन ए फ्रान्सको निम्न बमोजिमको खाता प्रयोग गर्न र रकम पठाउदा « Storm Victim Support » भनेर लेख्नु हुन अनुरोध छ। 
Acc. No: FR76 1027 8064 5300 0201 1560 177

नगद सहयोग गर्नुहुने महानुभावहरुले यथासिघ्र कार्यसमितिलाइ सम्पर्क गर्नु हुन् बिनम्र अनुरोध गर्दछौं। संकलन गरिने रकम दोस्रो चरणमा छिट्टै पठाइने छ। 
धन्यवाद !

प्रकाश सापकोटा
प्रवक्ता 
एन आर एन ए फ्रान्स परिवार