निर्वाचन समिति-२०१९ को सूचना

२२ जुलाई २०१९ का दिन बसेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्स कार्यसमितिको १५ औ बैठक ले बिधान बमोजिम ३ सदस्यीय निर्बाचन समिति गठन गरेको र उक्त समिति को संयोजक (प्रमूख निर्बाचन आयुक्त) मा मलाई जिम्मेवारी दिनु भएकोमा सर्बप्रथम गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्स कार्यसमितिका सबै सदस्यहरुलाई धन्यवाद दिन चाहान्छु।

१८ अगष्ट २०१९ मा हुने उल्लेखित निर्वाचन लाई निस्पक्ष, पारदर्शी र स्वतन्त्र रुपले सम्पन्न गर्न फ्रान्सबासी सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुको सक्रिय सहयोग को आवश्यकता रहेको पनि हामीले महसुस गरेकाछौ र बिस्वास छ सबैको सहयोग हामीले प्राप्त गर्ने नै छौ। यसकोलागि निकट भबिष्यमै निर्बाचन सम्बन्धि कार्यक्रम र आवस्यक आचारसम्हिता तथा नियमहरु सबैको जानकारी को लागि प्रकशित गर्ने पनि यसै पत्र मार्फत बिस्वास दिलाउन चाहान्छु।

किरण चन्द्र प्रधान
संयोजक
निर्वाचन समिति-२०१९