आदरणीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु नमस्कार, 
गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति ११ अगस्ट 2019 आईतबारको दिनमा यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गर्ने भएकोले यहांहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ। यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage de Deauville ) छनौट गरिएको छ । यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने विभिन्न खेल,बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडिखेल्दा सामुनद्रिक दृश्यको अनुभव गर्न सकिने साथमा बनभोज र सांस्कृतिक कार्यक्रमहरू , लोक दोहोरी र नाच गांनको समेत वातावरण तयारी गर्न सकिने सहर्ष सबैमा जानकारी गराउंदै उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं । 
कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ :-
मिति : आईतबार – ११ अगस्ट 2019
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान 8:00 बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग 8:00 बजे
सहभागिता शुल्क :- 0 देखि 3 वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै 3 देखि 12 वर्ष सम्मका लागि : 25€ लाग्ने गरी तय गरिएको छ भने 12 वर्ष देखि माथिका व्यक्तीहरू को लागि : 45€ लाग्नेछ । 
यो सहभागी शुल्क भित्र खाना, खाजा, जुस पानी, बस भाड़ा को समेत व्यवस्था हुनेछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले छिटो सिट रिर्जभ गर्नुहोला सिट सिमितभएको पनि यहॉहरूलाई जानकारि गराउदछौ। तेसैले आफ्नो स्थान समयमै सुरक्षित गर्नु होला ।एन आर एन ए फ्रान्सका कार्यसमितिलाई सम्पर्क गर्न सक्नु हुनेछ। 
नोट :- कृपया सबैले साथीभाईहरुलाई खबर गर्नुहोला साथै आफ्नो फेसबुक वालमा पनि सेयर गरिदिनु होला , हाम्रो सबै फ्रान्सवासी साथीहरूमा ईमेल ,फोन आदी समेत गरी सहयोग पुर्याइ दिनुहुन् सबै संघ संस्था र ब्यक्तीहरूमा एन आर एन ए फ्रान्स हार्दिक अनुरोध गर्दछौं ।
# थप जानकारीको लागी हाम्रो फेसबुक र वेब साईट पनि हेर्दै गर्नुहोला ।
अध्यक्ष
एकेन्द्र मल्ल
तथा गैह्र आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स परिवार ।