24 March 2020

फ्रान्स बासी संपुर्ण नेपाली जनसमुदायमा नमस्कार
🙏🙏
एनआरएनए फ्रान्सले जारी गरेको खाध्यान्न राहत वितरण कार्यक्रमलाई थप व्यवस्थित रुपमा लैजानको लागि अघिल्ला सुचनाका सर्तहरु र मापदण्डहरुलाई कायम राख्दै वास्तविक राहत आवस्यक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा निम्न थप जानकारीहरुको बारेमा अवगत गराइन्छ। साथै कोही नेपाली सहयोगी हातहरू यस राहत अभियानमा जोडीन चाहनुहुन्छ भने यहाँहरु सबैलाई एनआरएनए फ्रान्स हार्दिक स्वागत गर्दछ।यहाँहरुले यस आपतकालीन समयमा गर्नु भएको सहयोगलाई एनआरएनए फ्रान्सले सार्वजनिक गर्नेछ ।साथै संस्थाले हाल सम्म ६ जनालाई आपतकालीन खाध्यान्न राहत वितरण गरिसकेको छ भने २६ जनाले राहतको लागि इमेल मार्फत सहयोगको लागि आवेदन दिनु भएको छ।

थप जानकारी,
१] राहतको लागि निवेदन कर्ताले यही मिति ३० March २०२० भित्र संस्थाको इमेल ठेगाना तथा संपर्क व्यक्तिहरु मार्फत निवेदन पठाइ सक्नु पर्ने छ। त्यसपछि पठाइएको या प्राप्त निवेदन उपर उपचार हुने छैन।

२]उल्लेखित समय सिमा भित्र प्राप्त निवेदनमा उपलब्ध जानकारीलाई समर्थन गर्ने कागजात र निजको स्थिति विश्लेषण गरि उपयुक्त ठहरेमा संस्थाद्वारा तोकिएको स्थानमा आगामी १५ अप्रिल २०२० सम्म राहत वितरण कार्यक्रम जारी राखिने छ।

३] सम्बन्धित व्यक्तिलाई राहत वितरण गर्ने दिन र समयको बारेमा संस्थाले निजको इमेल ठेगानामा तथा संपर्क व्यक्तिहरुले जानकारी गराउनु हुनेछ।

४]आफ्नो परिचयपत्रको प्रतिलिपि र प्रयोजनार्थ बाहिर निस्कनको लागि सरकारले जारी गरेको फारम भरेर आउनु होला।

सावधानी अपनाउनुस्,सरकारले जारी गरेको नियम र अनुशासनलाई पालना गर्नुहोस।सुरक्षित रहनुहोस।

धन्यवाद ।

राहत वितरण उपसमिती
संयोजक :-अमर बहादुर भण्डारी
उपसंयोजक :-लाल बहादुर चन्द (सोडारी)
सदस्यहरु :दिलीप गुरुङ
:कमल काफ्ले
:मिली उपाध्याय कोइराला
:उदय राज पाण्डे
:संगीता तिमल्सिना

अध्यक्ष
नरेन्द्र शाही ( ठकुरी )
एन.आर.एन.ए. फ्रान्स 🇫🇷
nrnfrance@gmail.com