सम्पुर्ण फ्रान्स बासी नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरुमा नमस्कार … 🙏
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको यस कोभिड-१९ को कारणले उत्पन्न असामान्य परिस्थितिमा फ्रान्स बासी नेपालीहरुको लागि भनेर एन.आर.एन.ए फ्रान्सले सुरु गरेको आपतकालीन खाध्यान्न राहत वितरण कार्यक्रम अन्तर्गत आजको मिति इस्वी संवत (१५/0४/२०२०) सम्म आइपुग्दा राहतको लागि जम्मा ५५जनाको निवेदन प्राप्त हुन आएकोमा सम्पुर्ण ५५ जनालाई नै खाध्यान्न राहत सामाग्री वितरण गरिसकिएको छ।जसमा ५१ जना विध्यार्थी भाइबहिनीहरू रहेका छन भने बाँकी अन्य समस्याले आउनु भएका नेपाली दाजुभाईहरु हुनुहुन्छ।यस कार्यक्रमलाई हामीले पुर्ण सावधानी र अनुशासनमा रहेर सम्पन्न गरेका छौं।यस संगै प्रथम चरणको राहत वितरण कार्यक्रमलाई हामीले सुरक्षा चुनौती ,फ्रान्स सरकारले बडाएको थप अनुशासनको परिबन्द र परिस्थितिको संवेदनशीलतालाई मनन गरि अर्को सुचना सम्मका लागि यस राहत कार्यक्रमलाई स्थगित गरेका छौं।तर पनि यस बीचमा हजुरहरुलाई कुनै पनि समस्या भैपरी आएमा एन.आर.एन.ए फ्रान्स सदैव हाम्रा स्रोत र साधनले भ्याएसम्म समस्याहरु सुन्न र हल गर्न तयार रहने छ।यसका लागि एन.आर.एन.ए फ्रान्सको ढोका खुल्लै रहने कुराको जानकारी गराउँदछौँ ।

यसै सन्दर्भमा यस राहत वितरण कार्यक्रमलाई केही व्यक्तिहरुले गरेको अनावस्यक आलोचनाहरु,आरोप र विरोधहरुका बाबजुद पनि संस्थाद्वारा निर्दिष्ट कार्यक्रमलाई सफल बनाउन राहत सामाग्री खरिद,भण्डारण,व्यवस्थापन र वितरणका लागि जोखिम मोलेर युद्ध स्तरमा खटेर लाग्नु हुने हाम्रा आदरणीय दाइ तथा एनआरएनए फ्रान्सका वर्तमान सल्लाहकार श्री वसन्त विक्रम मल्ल,आइसीसी पान कुमारी मल्ल ज्यू,विशेष सहयोगी अनिस त्रिपाठी ,राहत वितरण उपसमितीका
संयोजक अमर बहादुर भण्डारी ,
सह संयोजक लाल बहादुर चन्द(सोडारी) लगायत राहत वितरण उपसमितिका सम्पुर्ण सदस्य ज्यूहरु :-
दिलिप गुरुङ,
उदयराज पाण्डे,
संगीता तिमल्सिना,
कमल काफ्ले
र मिली उपाध्याय कोइराला लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।

नरेन्द्र शाही(ठकुरी)
अध्यक्ष
एन.आर.एन.ए फ्रान्स 🇫🇷