हाम्रा एन आर एन ए फ्रान्सका प्रमुख संरक्षक हरिहर अर्याल का कान्छो छोरा एवं एन आर एन ए फ्रान्सका भु.पु. अध्यक्ष निर्मल अर्यालका भाई उमेश अर्यालको यही १७/०४/२०१७ ००:३० बजेको समयमा असामायिक निधन भएको खबरले हामी एन आर एन ए परिवार मर्माहित भएका छौं !!

यस दु:खद घडीमा उहॉका परिवार तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस र मृत आत्माको चिरशान्तीको कामना सहित बैकुण्ठको बास होस भन्दै शोकाकुल परिवारजनमा समावेदना व्यक्त गर्दछौं !!!

नोट: कृपया हामीलाई परिवारबाट आएको अनुरोध निम्न अनुसार रहेको ले सबैलाई जानकारी गरांदछौ:-

(साहानुभूति ,माया गर्ने र दु:ख बाड्न चाहाने सम्पूर्ण इस्टमित्र हरु लाई अनुरोध, कृपया यो दुख को घड़ीमा १३ दिन सम्म हामी परिवारमा मात्रै सीमित रहेर भाईलाई समझने र बिदा गर्न चाहन्छौ।
तेसैले ,१३ दिन सम्म घरमा आएर हामीलाई भेटने सान्त्वना दिने कस्ट नगरिदिनु हुन अनुरोध गर्दछौं । मृतक भाईलाई सामूहिक अन्तिम बिदाई कार्यक्रम पछि राखिने छ ।

कृपया परिवारमा सबैको पीड़ा लाई मद्यनजर गर्दै, सान्त्वना र सम्बेदना को लगी यो नम्बर मात्र प्रयोग गर्नु होला : 06 36 91 50 09 – निर्मल अर्याल ,)
यसैलाई आधारमानी व्यवाहार गरि दिनुहुन सबैलाई एन आर एन ए फ्रान्स हार्दिक अनुरोध गर्दछौं !!!

भक्त वाग्ले
अध्यक्ष / एन आर एन ए, फ्रान्स परिवार ।