फ्रान्सवासी सम्पूर्ण नेपाली तथा नेपालीमुलका वासिन्दाहरु,

आउंदै गरेको राष्ट्रिय समन्वय समिति (एनसीसी)को कार्यसमिति चुनावलाई मध्यनजर गर्दै एन.आर.एन.ए फ्रान्सको १४ औं पूर्ण बैठकले सदस्यता आवेदन खुल्ला गरेको जानकारी गराउन चाहान्छौ । पुराना सदस्यलाई नवीकरण गर्न एवं इच्छुक नयाँ सदस्यलाई सदस्यता लिन आह्वान गर्दै यहि मे  १५ तारिखदेखि उक्त आवेदन खुल्ला गरिएको हो। तसर्थ सम्पूर्ण सदस्यहरूले आ-आफनो सदस्यता नविकरण गर्नुहुन तथा नया सदस्यहरूले नियम अनुसार सदस्यता लिनुहुन हार्दिक अनुरोध गर्दछौं। एन.आर.एन.ए फ्रान्सको आगामी चुनावमा मतदान गर्ने मताधिकारका लागि जुलाई २७ सम्ममा सदस्यता लिईसक्नु पर्नेछ । तोकिएको समयावधि भन्दा पछि  सदस्यता लिने सदस्यहरुले कार्यसमितिको चुनावमा मताधिकार प्रयोग गर्न पाईने छैन । सदस्यता अवधि २ बर्षको हुनेछ । एन आर एन फ्रान्सको सदस्यता लिन हरेकले आफु न्युनतम २०० दिन फ्रान्समा बसेको सर्त पुरा गर्नुपर्नेछ । बिद्यार्थी भिषा हुनेहरुलाइ प्रवासीनेपाली नमानिनेहुदा सदस्यता लिन मिल्ने छैन ।

 

दुइ बर्स अवधिको लागि वितरण गरिने एन आर एन ए फ्रान्सको सदस्यता आवेदनको लागि  १५ युरो शुल्क तोकिएको छ

 

सदस्यता फारम कसरि भर्ने र बुझाउने :

  • सदस्यता फारम गैर आवासीय नेपाली संघ फ्रान्सको वेबसाइट Download Link बाट डाउनलोड गरि प्रिन्ट गर्न सकिनेछ
  • सदस्यता फारम र शुल्क एन.आर.एन फ्रान्सका कार्यसमितिका सदस्यहरुलाइ हस्तान्तरण गर्न सकिनेछ, त्यो सम्बव नभएमा La Poste मार्फत चेक र फारम यो ठेगानामा पठाउन सकिनेछ : 27, rue Maurice Lachâtre La Courneuve 93120 France
  • सदस्यता शुल्क बैंक ट्रान्सफर गरि सदस्यता फारम र ट्रान्सफर गरिएको जानकारी इमेल मार्फत पठाउन सकिनेछ
  • जुलाई २३ तारिख राखिएको एन आर एन सामुन्द्रिक भ्रमणमासहभागी भएर सदस्यता फारम भर्न तथा बुझाउन सकिनेछ

सदस्यता लिनुहुने महानुभावहरुको नाम एक बिज्ञप्ति मार्फत एन.आर.एन.ए फ्रान्स को अधिकारीक वेबसाइट, फेसवुक तथा अन्य संचारमाध्याम मार्फत प्रकासित गरिनेछ ।

 

अध्यक्ष
भक्त वाग्ले
तथा सम्पूर्ण एन आर एन परिवार