एन आर एन फ्रान्सद्वारा आयोजित स्पोर्ट डे भव्यताकासाथ सम्पन्न
विगत का वर्ष जस्तै विभिन्न खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरंजन का साथै भाइचारा अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्दै आएको मैन्त्रीपूर्ण खुल्ला खेल प्रतियोगिता यहि गत आइतबार १८ जुन २०१७ को दिन पेरिस शहरको नजीक्कैको ( Parc Interdépartemental des Sports 93200 Saint-Denis France ) ग्राउण्डमा भव्यताकासाथ सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन एन आर एन फ्रान्सका अध्यक्ष भक्त वाग्लेले भलीबल खेलाडीलाई दिएर गर्नु भएको थियो । विशेषतया युवा पुरुषको लागि भलिबल प्रतियोगिता र महिलाहरूका लागी तातोआलु खेल , वच्चाहरूको लागी चम्चा मिठाई दौड़ , बोरा दौड़ , खेलहरूले बढो आकर्षक र मनोंजन प्रदान गरेको थियो । खुल्ला भलिबल प्रतियोगितामा पाँच टिमहरू प्रतिस्पर्धामा थिए ।
१) एन आर एन भलीबल टिम
२) नमस्ते फ्रान्स टिम
३) म्याग्दी टिम
४) तमुसमाज फ्रान्स टिम
५) नेपाली एकाता समाज टिम
खेल लिग सिस्टम बाट खेलाईएको थियो ।
नेपाली राष्ट्रीय झण्डा एवं संघको ब्यानरहरु फरफ़राइरहेको र २/३ किसिमका खेलहरु बिभिन्न स्थानमा संचालन भईरहँदा बहुसंख्य सहभागीहरुको तालि र हुटिंगले खेलकूद परिसर अति रमाइलो बनेको थियो भने साथमा नेपाली स्वादका परिकारहरू खाई आन्नद लिईरहेको वातावरण थियो ।
सबै खेलको समाप्ती पछि प्रमुख अतिथि नेपाली राजदूतवास पेरिस फ्रान्सका माहामहिम राजदूत अम्बीका देवी मानन्धर लुंईटेल ज्यु , संघका अध्यक्ष भक्त वाग्ले , वरिष्ठ उपाअध्यक्ष सुवर्ण हमाल , उपाध्यक्ष एक बहादुर मल्ल र निवर्तावान अध्यक्ष घनश्याम पौडेल ज्युहरूले विजयी खेलाडीहरूलाई नगद, ट्रोफी, सिल र प्रमाण पत्र वितरण गर्नभएको थियो ।
पहिलो पुरस्कार नेपाली एकाता समाज फ्रान्सलाई ८००€ नगद ट्रोफी , मेटल र प्रमाण प्रत्र हात पार्यो भने द्रोस्रो तमुसमाज फ्रान्स लाई नगद ४००€ ट्रोफी, मेडल र प्रमाण पत्र हात पारेको थियो ,तेस्रो पुरस्कार नमस्ते फ़्रान्स ले मेडल र प्रमाण प्रत्र हात पारेको थियो । तेस्तै उत्कृष्ट खेलाडी म्याग्दी टिम का प्रभुद्द के सी ले नगद ५०€ , ट्रफी र प्रमाण पत्र पाए भने २ जना रेफ्ररी रामेश्वर श्रेष्ठ र अनिल गुरूंगलाई ट्रफी प्रदान गरी सम्मान गरिएको थियो ।
अन्तमा कार्यक्रम समापन गर्ने क्रममा उद्घोषण संघ का माहासचिव नरेन्द्र शाही ठुरीले , स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुवर्ण हमालले , शुभकामना मन्तव्य महामहिम राजदूत अम्बीका देवी मानन्धर लुंईटेलले गर्नु भएको थियो भने समापन गर्दै संघका अध्यक्ष भक्त वाग्लेले यस कार्यक्रम मा सहयोग गर्ने चन्दादातहरू,सम्पूर्ण स्वयम् सेवकहरू, खेलाडीहरू, अन्य संघसंस्थाहरू, सहकर्मी साथीहरू कार्यक्रम का संयोजक प्रविन शापकोटा, विजयी टिम र सहभागी टिम सबैलाई तथा महिला दिदीवहिनी एवं भाईवहिनी खेलाडीहरूलाई धेरै धेरै धन्यवाद दिंदै समापनको घोषणा गर्नु भयो ।
स्मरण रहोस् यो खेल कार्यक्रम विहान १०:०० बजे शुरू भै २३:२० बजे राती सकिएको थियो ।
केही झलक फोटोहरू……