पेरीसमा स्थायी बसोवास गर्दै आउनु भएका खड्ग मगर (रघु विर आले मगर) गत डिसेम्वर २०१६ मा नेपालमा गम्भीर मोटरबाईक दुर्घटना भई हाल सम्म पनि काठमाडौंमै उपचारत हुनु भएको हुँदा उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

साथै उहाँको उपचारमा केही भए पनि राहत पुगोस भन्ने उद्देश्यले एन आर एन ए फ्रान्सको आकश्मिक कोषबाट तथा कार्यसमितिका पदाधिकारी एव सदस्य र अन्य समाजसेवी सहयोगी हातहरूबाट राहत उपलब्ध गराई दिनु भएकोमा सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं। हाम्रा आई सि सि सदस्य मिन बहादुर जी.सी. ज्यु काठमाण्डू हस्पीटल पुगेर सहयोग रकम रू.१५०,०००/- अक्षेरूपी एक लाख पचास हजार रूपैया हस्तान्त्रण गरेर फर्किसक्नु भएको छ उहालाई पनि धन्यवाद !

भक्त वाग्ले

अध्यक्ष एवं एन आर एन ए परिवार ।