आदणिय फ्रान्स बासी नेपाली बुवा आमा, दाजु भाई तथा दिदी बहिनिहरु,
 
     हरेक बर्ष नेपाली नयाँ बर्षको अवसरमा सबै नेपाली संघ संस्थाहरु मिली सामुहिक रुपमा रमाइलो गर्दै आएका थियौ। यो बर्ष पनि सामुहिक नयाँ बर्ष मनाउनकोलागी कुराकानी सर सल्लाह भाईनैराख्दा म्याग्दी प्रवासी नेपाली संघ बाट आफु हाल सम्म अधिकारिक नभैसकेकोले सामुहिक  रुपमा भाग लिन नसक्ने जानकारी आयो। माग्दी समाजले आफैले नयाँ बर्ष मनाउनको लागि सबै पूर्ण तयारी गरिसकेको र केही हेरफेर गर्दा समस्या हुने बताएपछी सबै संघ संस्थाहरु बाट एस्पाली भखरै श्रीजना भएको संस्थालाई प्रोत्साहन गर्न, नयाँ बर्ष मनाउन दिउँ भन्ने निर्णय भयो। हाम्रो येति सानो नेपाली समाजमा तछाड मछाड गरेर कार्यक्रम जुदाउनु भन्दा मिलेर अगाडि बड्दानै सबैको लागि सहज हुनेछ ।
 
माग्दी समाजलाई कार्यक्रमको शुभकामना तथा आगामी बर्षमा यो सबै नेपालीको नयाँ बर्ष भएकोले सम्पूर्ण नेपाली संघ-संस्था साथै सबै नेपालीहरु मिलेर मनाउनकोलागी हार्दिक अनुरोध गर्दछौ ।
 
एन. आर. एन. ए. फ्रान्स चाडै नै बिभिन्न कार्यक्रमका साथ हजुरहरु माज आउनेनै छ। 
१) संयुक्त बुद्ध जयन्ती: 06 May 2018 
२) एन. आर. एन. ए. स्पोर्ट डे: 17 June 2018 
३) एन. आर. एन. ए. सामुन्द्रिक  भ्रमण: 22 July 2018 
४) हरितालिका तिज: 09 September 2018 
५) एन. आर. एन. ए. फ्रान्सको वार्षिक अधिबेसन: 14 October 2018
 
अधक्ष्य
एक बहादुर मल्ल 
तथा एन. आर. एन. ए. फ्रान्स परिवार