एन.आर.एन ए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन तिज धमाका कार्यक्रम भब्य र सफलताका साथ सम्पन्न भएको छ। 

तिन जना ख्यातीप्राप्त नेपाली गायककारहरु नलिना चित्रकार, मिलन लामा र रिता के. सी. को उपस्त्तिथि तथा प्रस्तुति रहेको उक्त कार्यक्रममा उल्लेख्यरुपमा नेपाली दिदिबहिनि तथा दाजुभाइहरुको सहभागिता रहेको थियो ।

एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युले सभापतित्व गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत अम्बिका देवी लुइँटेलज्यु हुनुहुन्थ्यो र कार्यक्रम संयोजक कार्यसमिति सदस्य अस्मिता शेरचन ज्यू हुनुहुन्थ्यो उपस्तिथहरुमा संस्थाका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक,  निवर्तमान अध्यक्ष, आई सि सि सदस्य, भूपु अध्यक्षहरू तथा भूपु र वर्तमान कार्यसमितिका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका अध्यक्ष साथै पदाधिकारीहरु र फ्रान्सवासी नेपाली दाजुभाई दिदिबैनिहरुको सहभागिता रहेको थियो ।

महामहिम राजदुत, आयोजक संस्थाका अध्यक्ष, महिला संयोजक, र कार्यक्रम संयोजकज्युहरुले संयुक्तरुपमा पानसमा दियो बालि राष्ट्रिय गान गाउदै कार्यक्रमको उद्धघाटन गर्नु भएकोथियो। महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । गायीका रिता के सीजी ले आफ्ना तिजका गितहरु गाएर महिलाहरूलाइ नचाउनुभयेको थियो साथै ख्यातिप्राप्त  गायक गायिका नलिना चित्रकार र मिलन लामाज्युले आफ्ना लगाएत विभन्न चिरपरिचित गीतहरु गएर सबैलाई नचाउनुभएको थियो ।

नलिना चित्रकारजीको “पानी पनि भयो मेरो मन पनि“ गित बाट सुरु भएको सांकृतिक कार्यक्रम, रिता केसीजी को “बम बम भोले” हुदै मिलन लामाजीको “माझीदाई पोखरा फेवातालको” गित सम्म आउदा पनि दर्शकहरु पुरै जोशका साथ नाचेर मनोरन्जन लिइरहनु भएको थियो ।  

फ्रान्समा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई निशुल्क तिजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र  नेपाली परम्परा लाई आत्मसाथ साथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने उद्देस्यका साथ कार्यक्रलाइ प्रस्तुत गरिएको थियो ।

भब्यरुपमा दिदीबैनी तथा दाजुभाइहरुको स्वागत गर्न कार्यसमितिका पदाधिकारीहरु र स्वयंसेवकहरु बिहानै ७ बजेबाट हल सजावट, म्युजिक सिस्टम, खानेकुराहरु ल्याउन र कलाकारहरुलाइ यातायात ब्यबस्थापन मिलाउनमा लाग्नु भएको थियो। दिउसो २ बजे सुरु भएको कार्यक्रम बेलुका ८ बजे सकिएको थियो । अध्यक्ष मल्लज्युले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपवाट अहोरात्र खटिनुभएका महानुभावहरुलाइ एक सूचना मार्फत धन्यबाद दिनु भएको छ ।  

एन आर एन फ्रान्सको कार्यतालिका अनुसार आगामी कार्यक्रम “बार्षिक अधिवेसन” यहि ७ अक्टोबर २०१८ मा हुनेछ ।  

 

प्रवक्ता

प्रकाश सापकोटा

तथा एन.आर.एन.ए फ्रान्स परिवार ।

 

तीज कार्यक्रम 2018 को प्रायोजक (sponsor)

Geeta Thapa Family (drinks)  147€

  1. Asmita beauté. 105€
  2. Basanta Malla 105€
  3. Ek Bahadur Malla 100€
  4. Kamal Adhikari 151€
  5. Narendra shahi. 50€
  6. Prabin shapkota. 50€
  7. Chet B.Dhungana. 50€
  8. Shiva sharma 45€
  9. Ajay uprety. 50€
  10. Manoj poudel. 50€
  11. Prakash Shapkota. 50€
  12. Krishna Parajuli. 51€
  13. Min shrestha. 51€
  14. Devi jung grg. 50€
  15. Subarna Hamal. 50€
  16. Bhakta Wagle 50€
  17. Mukunda Amatya 50€
  18. Nirmal aryal 55€
  19. Hari shapkota. 50€
  20. Binod giri. 50€
  21. Arun gurung. 50€
  22. Suman poudel. 20€
  23. Lal bdr Sodari. 50€
  24. Milan tamang. 50€
  25. Sarup khand. 50€
  26. Depan malla. 51€
  27. Bikram khand. 51€
  28. Judda Gurung 50€
  29. Dilip Gurung 20€
  30. Ghanshyam Poudel 50€
  31. Pratima Gurung 55€
  32. Amar Bhandari 55€

 

धन्यबाद ।

 

थप फोटोहरु प्राप्त हुनासाथ पोस्ट गर्नेछौं।  

धन्यबाद