आदरणीय फ्रान्सवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,

    शुभ दिपावली २०७५ को उपलक्ष्यमा हरेक बर्ष झैं यस पटक पनि हामीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आपतकालिन कोषमा आर्थिक संकलन गर्ने गरी तपाईहरूको घरआगनमा देउसीभैलो खेल्दै आएका थियौं । नेपाली राजदुतावास फ्रान्सकी महामहिम राजदुत अम्बिका देवी लुईटेल मानन्धर ज्युको निवास बाट सुरु भएको देउसी भैलो धेरैको घर आँगन हुदै शनिवार १७ नोभेम्बर २००१८ का दिन कार्यसमिति सदस्य अस्मिता शेरचनज्युको Asmita Beauté Indianne मा आयोजना गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रममा भैलिनिहरुलाइ स्वागत गरि ३७५ युरो दक्षिणा प्रदान गर्नुभएकोमा अस्मिता शेरचनज्युलाइ एन आर एन ए फ्रान्स परिवारको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

    १८ नोभेम्बर २०१८ का दिन Kamran रेस्टुरेन्टको हलमा सामुहिक रुपमा यस बर्षको देउसी भैलो कार्यक्रम समापन गरिएको छ । उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु भएकोमा विभिन्न संघ सस्थाका अध्यक्षज्यूहरू तथा प्रतिनिधि ज्यूहरू, एन आर एन का अग्रज तथा सल्लाहकार ज्यूहरू, व्यवसायिहरू, विद्यार्थीहरू, बुद्दिजिवी पत्रकार तथा सम्पूर्ण उपस्थित दाजुभाइ दिदिवहिनिहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

साथै दक्षिणा प्रदान गर्नुहुने र देउसी भैलो कार्यक्रमहरुमा अहोरात्र खटिएर हामीलाई बिभिन्न तरिकाले सहयोग गर्नुहुने तथा मिठो परिकार बनाएर सहयोग गर्नुहने सागरमाथा रेस्टुरेन्ट ( भक्त वाग्ले ज्यू), द हिमालया रेस्टुरेन्ट (अजय उप्रेति ज्यू), लाल किल्ला रेस्टुरेन्ट (कमल अधिकारी ज्यू) साथै शिव शर्मा सहित रेस्टुरेन्टको हल उपलब्ध गरि सहयोग गर्नुहुने सफल व्यावसायी नारयण न्यौपाने ज्यू लगाएत सम्पुर्णलाई एन आर एन फ्रान्सको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।
    तपाइहरुको माया र साथलेनै हामीहरु आज नेपाली संस्कृतिको जगेर्ना गर्दै नेपाली समुदायकै हितको लागि उठेको रकम प्रयोग गरिने जानकारि गराउदछौ । बिदेशी भुमिमा नेपालको झल्को मेटाउदै, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परा लाई आत्मसाथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने एन आर एन ए फ्रान्सको उद्देश्यलाइ यसरिनै तपाइहरूको साथ आवस्यक रहनेछ । धन्यबाद,

देउसी भैलो कार्यक्रमको पूर्ण विवरण : http://nrnfrance.fr/emergency-help/2638

अध्यक्ष
एकेन्द्र मल्ल
तथ समस्त एन आर एन ए फ्रान्स परिवार