गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यहि बुधवार ८ मे का दिन फ्रान्सका लागी महामहिम राजदुत दिपक अधीकारीज्यु, उप नियोग प्रमुख खड्ग प्रसाद दाहालज्यु तथा परिवारलाई ओवरभिलिए स्थित कामरान रेस्टुरेन्टमा स्वागत तथा रात्रिभोज कार्यक्रम सम्पन्न गरेको छ। स्वागतका क्रममा उपस्थितहरुको छोटो परिचयत्मक कार्यक्रम पछी बोल्दै एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युले उहाँहरुको कार्यकालको सफलताको कामना गर्नु भएको थियो। उप-नियोग प्रमुख खड्ग प्रशाद दाहालज्युले स्वागतको लागि धन्यवाद ब्यक्त गर्दै आफुहरुलाई पनि फ्रान्समा नेपालीहरुको साथ र सहयोग आवश्यक हुने बताउनुभयो। महमहिम राजदुत दिपक अधिकारीज्युले गैर आवसिय नेपाली संघ एउटा जिम्मेवार अन्तरास्ट्रिय संस्था भएकोले राजदुतावासबाट एनआरएनए फ्रान्सलाइ संधै सहयोग र सद्भभाव रहिरहने र आफुहरुले पनि संस्थाको तर्फ बाट सोहि अपेक्षा गरेको बताउनुभयो।

कार्यक्रममा नेपाली राजदुतावास प्रति फ्रान्सवासी नेपालीहरुले व्यक्त गर्ने बिभिन्न चासो तथा गुनासोका बिषयमा छलफल भएको थियो। महामहिम राजदुत दिपक अधिकारीज्युले बिभिन्न क्षेत्र तर्फ प्राप्त सुझावहरुलाइ मनन गर्दै राजदुतावासका कामहरु अझै प्रभावकारी रुपमा सम्पन्न हुनुपर्नेमा आफु दृढ़ रहेको बताउनुभयो। कार्यक्रममा संस्थाको तर्फ बाट गैरआवासीय नेपाली संघ फ्रान्सका संस्थापाक अध्यक्ष, संरक्षकहरु, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

 

प्रवक्ता

प्रकाश सापकोटा

एनआरएनए फ्रान्स