फ्रान्सवासी सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले गत बर्ष झैं यस पटक पनि रक्त दान कार्यक्रम आयोजना गर्न गइरहेको छ। यहि १८ मे २०१९ शनिवारका दिन रक्तदान कार्यक्रम हुनेछ। आफनो अमुल्य रगत दान गरी आकस्मिक अवस्थामा रहेकाको जीवन रक्षा गर्नु हाम्रो मानव धर्म हुन आउछ। त्यसैले « रक्त दान जीवन दान » भन्ने मुल उदेश्यका साथ गर्न लागिएको यो कार्यक्रममा धेरै भन्दा धेरै फ्रान्सवासी नेपाली रक्तदाताहरु उपस्तिथ हुनुभई आफनो अमुल्य रक्त दान गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। सामाजिक सेवाको उद्देस्यले गर्न लागिएको कार्यक्रममा सदैव सबैको सहकार्य आवस्यक हुन्छ त्यसैले फ्रान्समा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुलाइ हातेमालो गर्दै कार्यक्रममा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

समय छोटो भएकोले तालिका ब्यबस्थापन र दाताहरुको नामावलीको लागि अहिलेनै सम्पर्क गर्नुहोला:

सम्पर्कको लागि: सचिव, प्रविन सापकोटा : 07 82 63 38 42 / अध्यक्ष, एक बहादुर मल्ल : 06 51 90 85 73 / महासचिव, नरेन्द्र शाही ठकुरी : 06 20 42 98 00

स्थान : Salle des Fêtes, Avenue de la République, La Courneuve

समय : 10h00 – 15h00

गतबर्ष रक्तदान गर्नुहुने दाताहरु : http://nrnfrance.fr/news/1932

प्रवक्ता 

प्रकाश सापकोटा

एन आर एन ए फ्रान्स परिवार