फ्रान्सवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु,
गैर-आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशन संघको बार्षिक कार्यतालिका अनुसार आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको छ। महाधिबेशनमा साधारण सभा र आगामी दुई बर्षका लागि बिधान बमोजिम पञ्जिकृत सदस्यहरुको उपस्तिथीमा नयाँ कार्यसमितिको चयन हुनेछ।

गैर आबासीय नेपाली संघ फ्रान्सले सदस्यता बितरण १ जुन २०१९ बाट सुरु गरेको र सदस्यता लिने अन्तिम मिति ७ जुलाई २०१९ रहेको जानकारी गराउदछौं। गैर-आवासीय नेपाली संघ फ्रान्सको पञ्जिकृत सदस्य हुन सदस्यता शुल्क १५ युरो तोकिएको छ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटावेसमा पञ्जिकृत गर्ने केन्द्रिय नीति अन्तर्गत पहिलो पटक अनलाइन बाट सदस्यता वितरण गरिने छ। केन्द्रिय प्रणाली अनुसार सदस्य बन्न https://mero.nrna.org मा गएर « Member Registration » को फारम भर्नु पर्ने हुन्छ।

महाधिबेशनमा भाग लिएर नयाँ कार्यसमिति छनौट गर्न वा उम्मेद्वार बन्नका लागि योग्य हुन यहाँहरुले जुलाई ७ तारिखभित्रमा पञ्जिकृत सदस्यता लिइसकेको हुनपर्नेछ । समय अवधि सकिएपछि सदस्यता लिनुहुनेहरुले महाधिबेशनमा भाग लिन पाउने तर चुनावी प्रक्रियामा सामेल हुन अयोग्य हुने जानकारी गराउँदछौं । सदस्यता लिनको लागि संघको बिधानमा उल्लेख भए अनुरुप : दुइ बर्ष भन्दा बडी विदेशमा बसीरहेका नेपाली नागरिक वा नेपाली मुलका विदेशी नागरिकले रास्ट्रिय समन्वय परिषदले निर्धारण गरेको शुल्क तिरेर पञ्जिकृत सदस्यता लिन सक्नेछन। नेपाल सरकार बाट खटिइ विदेश स्थित नेपाली नियोगमा बहाल रहेका र विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका नेपाली नागरिकहरुले पञ्जिकृत सदस्यता प्राप्त गर्ने छैनन।

एनआरएनए फ्रान्सले सदस्यता वितरण तथा प्रमाणीकरण काम प्रभावकारी र निष्पक्ष तरिकाले सम्पन्न गर्न ७ सदस्यीय « सदस्यता वितरण समिति » गठन गरेको छ।  उक्त समितिले उचित समयमा सदस्यता वितरण सम्बन्धि सूचनाहरु प्रसार गर्ने ब्यहोरा जानकारी गराउँदछौं। तथा कार्यसमितिको आगामी १३ औं बैठकले निर्वाचन समिति गठन गर्ने जानकारी गराउँदछौं।

अन्त्यमा, महाधिवेशनलाई सफल पार्दै एनआरएनए अभियानलाई अरु उचाईमा लैजानका लागि फ्रान्सवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा गैर-आवासीय नेपाली संघ फ्रान्स हार्दिक अनुरोध गदर्छ। सदस्यता सम्बन्धि थप जानकारीहरु अर्को सूचना मार्फत पनि दिइने छ। सदस्यता दर्ता सम्बन्धमा बिस्तृत जानकारी चाहिएमा कृपया एनआरएनए फ्रान्सका पदाधिकारी र सदस्यहरुलाई सम्पर्क गर्नहुन संघ बिनम्र अनुरोध गर्दछ। धन्यवाद।

प्रवक्ता
प्रकाश सापकोटा
एनआरएनए फ्रान्स परिवार

थप जानकारी =>  यो सूचनामा