गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले १८ मे २०१९ का दिन सामुहिक रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ  कार्यक्रम पेरिस बाट नजिकै La Courneuve नगरपालिकाको कार्यालयमा आयोजना गरिएको थियो । फ्रान्सेली रक्तदान सम्बन्धी सरकारी निकाय EFS र नगरपालिका संगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जना नेपालीहरु सहित  ५४ जना दाताहरुले आफनो अमुल्य रक्तदान गरेका थिए।

एन आर एन ए फ्रान्सले दोस्रो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पुर्व पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपाली दाजुभाई दिदिबहिनीहरूको व्यापक उपस्थिति रहेको थियो । एन आर एन फ्रान्सका सचिव प्रविन सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दाताहरुले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए।

यसपटकको रक्तदान कार्यक्रममा एनआरएनए रक्त संचार पद्द्ती बिकासका संयोजक फणिन्द्र पन्तज्यु पनि नेदरल्याण्डस् बाट कार्यक्रमकै लागि फ्रान्स आउनु भएको थियो। EFS इल द फ्रान्स अञ्चलकी प्रचार प्रसार बिभागकि प्रमुख Carole BAGOT को पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युले रक्त दान गरि यस पवित्र कार्यमा भागलिनुहुने तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद  ज्ञापन गर्नुका साथै रक्तदान गर्नुहुनेलाइ टिसर्ट र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो।

रक्तदान गर्नुहुने दाताहरुको नामावली :

  1. Narendra Shahi
  2. Jhalak Bhandari
  3. Alina Karki
  4. Samjhana Shrestha
  5. Prakash Shapkota
  6. Sakila Sharma
  7. Thamman Tandan
  8. Suman Karki
  9. Ishwor Sharma
  10. Santosh Adhikari
  11. Ajay Upreti
  12. Suman Karki
  13. Biru Khadka 
  14. Dhanu Maya Parajuli
  15. Anjesh Chudal
  16. Sophia Sharma
  17. Ruku Dhakal (Bhandari)
  18. Sirish Bhandari
  19. Surya Bahadur Thapa
  20. Sudhir Rana
  21. Pratima Gurung
  22. Ek Bahadur Malla
  23. Prabin Shapkota
  24. Durga Bhandari
  25. Bibek Malla
  26. Suman Poudel
  27. Mili Koirala
  28. Bishnu Kafle
  29. Bal Krishna Upadhyaya
  30. Nirmal Aryal
  31. Mahendra Adhikari 
  32. Batsala Amatya

 


Thank you !!

 

नाम फोटो लिस्टमा छुट्न गएमा माफ गर्नुहोला,  मेसेन्जर, इमेल मार्फत पठाइदिनु होला। धन्यवाद !