एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट डे २०१९ भव्यताकासाथ सम्पन्न
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट डे यहि आइतबार १६ जुन २०१९ को दिन पेरिस १२ मा अवस्थित खेलकुद मैदानमा भव्यताकासाथ सम्पन्न गरेको छ।
कार्यक्रममा युवा पुरुषको लागि भलिबल प्रतियोगिता, महिलाहरू र वालवालिकाहरुको लागी तातोआलु खेल खेलाइएको थियो। लिग सिस्टममा खेलाइएको खुल्ला भलिबल प्रतियोगितामा एनआरएनए फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, नेपाली एकता समाज फ्रान्स र म्याग्दी समाज फ्रान्स गरी पाँच टिमले प्रतिस्पर्धा गरेका थिए।
सबै खेलको समाप्ती पछि प्रमुख अतिथि नेपाली राजदूतवास फ्रान्सका महामहिम राजदुत दिपक अधिकारीज्यु , संघका अध्यक्ष एक बहादुर मल्लज्यु र प्रमुख सल्लाहाकार भक्त वाग्लेज्युले संयुक्त रुपमा विजयी खेलाडीहरूलाई नगद, मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नु भएको । महामहिम राजदुत दिपक अधिकारीज्युले खेल शारीरिक तथा मित्रताको लागि पनि धेरै महत्वपूर्ण हुने बताउदै आयोजकलाइ धन्यवाद र बिजयीहरुलाइ बधाई दिनु भएको थियो।
प्रथम पुरस्कार : तमु समाज फ्रान्स
द्वितिय पुरस्कार : म्याग्दी समाज फ्रान्स
उत्कृष्ट खेलाडी : तमु समाज फ्रान्सका संकर सेन
रेफ्ररीहरु – रामेश्वर श्रेष्ठ र अनिल गुरुङ
भलिवल प्रतियोगितामा प्रथम हुनेलाइ १००० युरो द्वितिय हुने लाइ ५०० युरो र उत्कृस्ट खेलाडीलाइ १०० युरो सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष एक बहादुर मल्लज्युले कार्यक्रममा सहयोग गर्ने प्रायोजकहरु, स्वयम सेवकहरू, खेलाडीहरू, अन्य संघसंस्थाका प्रतिनिधिहरुहरू, सहकर्मीहरू, विजयी टिम र सहभागी टिम सबैलाई तथा महिला दिदीवहिनी एवं भाईवहिनी खेलाडीहरूलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।
- भक्त वाग्ले
- मिन जी सी
- कमल अधिकारि
- अजय उप्रेती
- शिव शर्मा
- मिन श्रेष्ठ
- गिता थापा
- पार्वती मल्ल
- हरिहर अर्याल
- प्रकाश सापकोटा
- अस्मिता शेरचन
- निर्मल अर्याल
- तप्त भण्डारी
- ज्ञानु गुरुङ
- राम गुरुङ
- सुमन कार्की
- हेमन्त उपाध्याय
- हरि सापकोटा
- इश्वर शर्मा
- सुरज श्रेष्ठ
- सागर श्रेष्ठ
- एक बहादुर मल्ल
- नरेन्द्र शाही
- चेत भक्त ढुंगाना
- प्रविन सापकोटा
- देबी जंग गुरुङ
- नन्द कुमार