गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्स यहिँ २२ जुन २०१९ शनिवारका दिन La Courneuve स्थित नगरपालिकाले आयोजना गरेको « Fête des Musiques du monde » कार्यक्रममा सहभागी भएको थियो। नगरपालिकासंग नजिक रहेर समन्वय गर्दै शहरको स्थानीय सामाजिक क्षेत्रमा पनि उपतिस्तिथि जनाउदै फ्रेन्च संघसंस्था र नगरपालिका प्रतिनिधीहरुसंग पनि सम्बन्ध सुमधुर राख्ने उदेश्यका साथ यस कार्यक्रमको लागि पहल गरिएको थियो।

कार्यक्रममा नेपाल प्रवर्द्वनका लागि स्टल राखेर जानकारीमुलक सामग्रीहरु प्रदर्शन गरिएको थियो। भिजिट नेपाल २०२० लाइ मध्यनजर गर्दै नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरु प्रदर्शन गरिएको थियो त्यस्तै एनआरएनए फ्रान्सका गतिविधिहरुको जानकारी दिनुका साथै संस्थाको स्टलमा नेपाली खाना रखिएको थियो।

नेपाली कला संस्कृति चिनाउन कन्सर्टको कार्यक्रममा २ ओटा नेपाली नृत्य प्रदर्शन गरिएको थियो। इनास फ्रान्सका कलाकारहरु केन्जल अधिकारी, दिलिषा भट्ट र मुना घिमिरेले नृत्य प्रदर्शन गर्दै कार्यक्रममा सहयोग गरेका थिए। कार्यक्रममा नगरपालिका जनप्रतिनिधीहरु, कर्मचारीहरु, उपस्थित ला कोर्नववासीहरुलाइ प्रतक्ष्यरुपमा तथा स्थानीय रेडियो मार्फत संस्थाको गतिविधि जानकारी गराउनुका साथै नेपालका पर्यटकीय स्थलहरु र नेपालबारे रोचककुराहरुका बारेमा जानकारी दिइएको थियो। फेसबुक मार्फत अध्यक्ष एक बहादुर मल्लज्युले कार्यक्रममा उपस्तिथ भइ सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो

 

कार्यक्रम संयोजक / प्रवक्ता

प्रकाश सापकोटा

एनआरएनए फ्रान्स