आदरणीय फ्रान्सवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,

‘देउसी-भैलोको उद्देश्य,फ्रान्समा नेपाली घरको भविष्य’ भन्ने नाराका साथ हरेक बर्ष झैं यस पटक पनि हाम्मीले दिपावली २०७६ को उपलक्ष्यमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेकाछौ।
विगतमा आपतकालिन कोषको निम्ति देउसी भैलोको आयोजना गर्ने गरिएको थियो भने यो वर्षबाँट फ्रान्समा नेपाली घर निर्माणको निम्ति कोष खडा गर्नको लागि देउसी-भैलो खेल्न थालेका छौ।
यस देउसी भैलो कार्यक्रम फ्रान्सको लागि नेपाली महामहिम राजदुत दिपक अधिकारी ज्युको निवासबॉट सुरुवात गरिएको थियो भने कामरान रेस्टुरेन्टको हलमा सामुहिक रुपमा यस बर्षको देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।
उक्त समापन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु भएकोमा विभिन्न संघ सस्थाका अध्यक्षज्यूहरू तथा प्रतिनिधि ज्यूहरू, एन.आर.एन.ए फ्रान्स का अग्रज तथा सल्लाहकार ज्यूहरू, व्यवसायिहरू, विद्यार्थीहरू, बुद्दिजिवी पत्रकार तथा सम्पूर्ण उपस्थित दाजुभाइ दिदिवहिनिहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

हामीलाई देउसी भैलो खेल्नको लागि आफ्नो घर आँगन,रेष्टुरेन्टमा स्वागत गर्दै र समापनको कार्यक्रममा दक्षिणा दान (आर्थिक सहयोग) गर्नु हुने र प्रत्यक्ष अप्रत्यक्ष देउसी भैलो कार्यक्रमहरुमा अहोरात्र खटिएर हामीलाई बिभिन्न तरिकाले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु प्रति आभारी छौ ।
यस देउसी भैलो कार्यक्रमका संयोजक राजुबसनेत र उप-संयोजक मिली उपाध्याय कोईराला लगायल सम्पुर्ण कार्यसमितिलाई बिषेश धन्यबाद दीन चाहन्छु ।
हामी सबै फ्रान्समा रहेको नेपालीहरुको आवश्यकता ‘’नेपाली घर’’ निर्माणको निम्ति कोष खडा गर्न खेलिएको देउसी भैलोबाट जम्मा ६७०७.००  (छहजार सात सय सात)युरो संकलन गरेका छौ ।
अन्त्यमा ‘’ एक थुकि सुकि, सय थुकि नदि ‘’ भन्ने कुरामा विश्वास राख्दै नेपाली घर निर्माणको निम्ति यो पहिलो पाइला र सुरुवात मात्र हो।
आगामी दिनहरुमा नेपाली घर निर्माणको निम्ति अरु थप कार्यक्रमहरु लिएर हजुरहरुको घर आगनमा आउने छौ धन्यबाद !!!

अध्यक्ष
नरेन्द्र शाही ( ठकुरी )

एन.आर.एन.ए. फ्रान्स 🇫🇷