19 April, 2020

सम्पूर्ण फ्रान्सवासी नेपाली समुदायमा नमस्कार,

सारा विश्व कै जनजिवन आक्रान्त पार्ने गरि फैलिएको कोविड-१९ कोरोना भाइरसको प्रकोपका कारण हामी सबै अहिले इतिहासकै कठिन समयमा छौँ। यसको नियन्त्रणको लागि फ्रेञ्च सरकारले सम्पूर्ण फ्रान्सबासिलाइ स्व-स्थानमा व्यवस्थापन गरि बाहिर ननिस्कन अनुरोध सहित नियमन गरेको कुरा हामी सबैलाई अवगत छ।
यस विषम परिस्थितिमा फ्रान्समा रहनुहुने नेपाली बिद्यार्थी, साथै आफ्नो कागजी प्रक्रियामा रहनुभएका काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुको पनि दैनिक जनजीवनमा समयस्याहरु आइरहेका छन । यस सम्बन्धमा समस्यामा पर्नुभएका नेपालीहरुलाई एन आर एन ए फ्रान्स र जनसम्पर्क समितिले पहिलो चरणमा केहि सहयोग गरिसक्नुभएको र अहिले पनि अन्य केहि संघ संस्थाले सहयोग गरिरहनुभएकोमा सबै सहयोगी संस्थाहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछौं। अहिले लकडाउनको अबधि बढेकोमा समस्याहरु अवस्य पनि बढेका छन।दैनिक जनजीवनमा परेका समस्या संगै फ्रान्स सरकारबाट प्राप्त गर्न सकिने सेवा सुबिधा र कलेज र बिश्वबिद्यालय संग सम्बन्धित नयाँ बिद्यार्थी साथीहरुलाई भाषागत लगायत अन्य समस्या रहेको देखिन आएको छ।
फ्रान्स सरकारले बढाएको लकडाउन र यी तमाम समस्याहरुलाइ मध्यनजर गर्दै, फ्रान्समा क्रियाशील नेपाली संघ संस्थाहरुले ‘कोभिड १९ संयुक्त सहयोग समिति’ गठन गरि यहाँहरु बीच सहयोगको अभियान सहित उपस्थित भएको जानाकारी गराउदछौँ।
यस प्रक्रियामा हातेमालो गर्ने संस्थाहरु र तत्कालको लागि यस अभियानमा प्रतिबद्ध गर्नुभएको रकम यस प्रकार छ :

संरक्षक : नेपाली राजदुताबास , पेरिस फ्रान्स

१) एन .आर .एन .ए फ्रान्स : १५०१ यूरो
२) नेपाली जनसम्पर्क समिति फ्रान्स : ५०० यूरो
३) प्रवासी नेपाली एकता मंच :१२०० यूरो
४) तमु समाज फ्रान्स :५०० यूरो
५) नेपाली संस्कृतिक गृह:५०० यूरो
६) इनास फ्रान्स : ५०० यूरो
७) पाकोफेन नेपाल :९२५ यूरो
८) म्याग्दी समाज ( मोना फ्रान्स ): ५०० यूरो
९) तामांग घेदुङ्ग फ्रान्स :५०० यूरो
१०) नेपाली रक्तदाता संघ फ्रान्स:५०० यूरो
११) गोर्खा बोइज फ्रान्स : १०१ युरो
१२)एभेरेष्ट नेपाल एसोसिएसन
कोभिड १९ संयुक्त सहयोग समिति फ्रान्सको यस सहयोग अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि निम्न उल्लेखित उपसमिति गठन गरिएको कुरा जानकारी गराउदछौँ ।
१) आर्थिक ब्यबस्थापन उपसमिति ( यो अभियानमा सहयोग गर्न चाहने सहयोगी हातहरुले निम्न व्यक्तिहरु लाइ सम्पर्क गर्न सक्नुहुनेछ।)
सुधिर राना
लाल बहादुर सोडारी
चित्र लाल गुरुङ
मिलन तामांग

२) भाषागत समस्या समाधान उप समिति ( अफिसियल काम कारबाहीको लागि भाषा अनुवादकको रूपमा सहयोगको लागि )
सुरज श्रेष्ठ
प्रविन सापकोटा
सुमित्रा प्रधान

३) सूचना प्रबाह उपसमिति
अनिस त्रिपाठी
कमल बिक्रम के सी
सुरज श्रेष्ठ

४) तथ्यांक संकलन उपसमिति ( समस्यामा परेका व्यक्तिहरुको तथ्यांक संकलनको लागि )
प्रविन सापकोटा
नरेन्द्र शाही (ठकुरी)
भक्त बहदुर वाग्ले
हेम बानिया
सुमित्रा प्रधान
सुमन हांग राई

५) जनचेतना अभिवृद्धि उपसमिति
सौरभ घिमिरे

सहयोग समितिले सुरु गरेको यस सहयोग अभियानलाई सम्पन्न गर्नको लागि आर्थिक पक्ष अवस्यपनि महत्वपुर्ण स्थान राख्दछ, तत्कालको लागि यस अभियानमा संलग्न संस्थाहरुले जम्मा ७००२ यूरो संकलन गरि सहयोग कार्य सुरु गर्ने निर्णय गरेका छौँ र यस पबित्र अभियानमा हातेमालो गर्न चाहनुहुने सम्पूर्ण फ्रान्सबासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई हाम्रो यस अभियानमा सहयोग गरी जोडिन सक्नु हुने जानाकारी सहित अनुरोध गर्दछौं ।
हाम्रो यो अभियानमा आपतमा परेका कोहि पनि नछुटुन भन्ने उदेश्य रहेको छ , तसर्थ समस्यामा परेका दाजुभाई दिदि बहिनिहरुले निम्न उल्लेखित व्यक्ति र नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
आपतकालिन सम्पर्क नं (Hotline no)

नरेन्द्र शाही (ठकुरी) 06 20 42 98 00
चित्रलाल गुरुङ 07 83 65 11 43
भक्त बहादुर वाग्ले 06 78 96 56 78
सुधिर राना 06 52 15 48 20
प्रबिन सापकोटा 07 82 63 38 42
अनिस त्रिपाठी 06 58 42 02 04
सुरज श्रेष्ठ 06 52 06 88 16
मिलन तामाङ 06 89 83 35 69
हेम बांनिया 06 25 74 39 90
सुमित्र प्रधान 06 03 44 61 98
सुमन हाङ राई 07 53 86 47 45

साथै माथि उल्लेखित व्यक्ति संगै सम्बधित संघसंस्थाका प्रतिनिधि र हाम्रो यस अधिकारिक फेसबुकमा पनि सम्पर्क गर्न सकिने कुरा जनाकारी गराउदछौँ ।
र अन्त्यमा , कोभिड १९ भाइरसको यो महामारीबाट सुरक्षित रहन फ्रान्स सरकारले लागु गरेका नियमहरुलाई पालना गर्दै सबै जना आ-आफ्नो घरमा सुरक्षित रहौँ भनि अनुरोध गर्दछौँ।

धन्यवाद !