2021 – Sheet1 
 
 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले बार्षिक साधारण सभा यहि २५ अप्रिल २०२१ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली महामहिम राजदूत श्री दिपक अधिकारी ज्यु को उपस्तिथी रहेको थियो भने अतिथिको रुपमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य र गैर आवासीय नेपाली संघ वेलायतका आइसिसि सदस्य रामशरण सिम्खडाको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय समन्वय परिषद फ्रान्सका संस्थापक ज्युहरु,पुर्व अध्यक्ष ज्युहरु लगायत संरक्षक परिषद , सल्लाहकार समितिका सदस्यहरु र फ्रान्समा सक्रिय रहेको सामाजिक संघ संस्थाहरुको अध्यक्ष र प्रतिनिधिहरुको साथै पञ्जिकृत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री नरेन्द्र शाही( ठकुरी ) ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव मिन श्रेष्ठले गर्नु भएको थियो I
कोभिड १९ को कारणले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको बार्षिक कार्यक्रमको तालिकामा तोकिएको अनुसार नियमित मितिमा सम्पन्न गर्न नसकिएकोले यस कार्यक्रमलाई सार्नु परेको थियो।यस कार्यक्रममा महासचिव मिन श्रेष्ठले संस्थाको नैतिक र बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष लाल बहादुर सोडारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरि विधान मस्यौदा समितीका संयोजक तथा निवर्तमान अध्यक्ष एक बहादुर मल्ल ज्युले अत्यन्तै चाँसो र महत्वपूर्ण विषयको रुपमा रहेको विधान मस्यौदा कार्यक्रममा पेश गरेर सर्वसहमतिबाट पारित गरिएको थियो।यस संसोधित विधान मस्यौदामा समयको माग र आवश्यकता अनुसार अध्यावधीक गरी,परिमार्जित गरी र समय सापेक्ष सुधार गरेर विधानलाई संसोधन गरिएको छ।
आफ्नो अमूल्य समय दिएर आफ्ना राय सल्लाह, सुझाव र प्रश्नहरु प्रकट गरेर कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाइदिनू भएकोमा सम्पूर्ण पञ्जिकृत सदस्यहरु लगायत उपस्थित सबै महानुभावहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं