आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनी हरु ,

सर्वप्रथम शुभ दिपावली २०७० को उपलक्ष्यमा यहाँहरू सबैले आँटेताकेका कुराहरू सफल हुन् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
सदा झैं यस एन आर एन फ्रान्सले हाम्रो नेपाली संस्कृतिको जगेर्ना गर्दै संस्थाले देउसीभैलो कार्यक्रम हरेक वर्ष खेल्दै आएको कुरा सबैलाई अवगत गरांउदछौं । यसरी देउसीभैलो बाटा जम्मा भएको रकम हामीले आपतकालिन कोष ( फ्रान्समा रहने नेपालीको लागी ) मा राख्दै आएका छौं , हालसम्म हाम्रो यस कोषमा २५००/-€ ( दुई हजार पाँच सय युरो ) रहेको समेत जानकारी गराउँदै हाम्रो यस अभियानलाई सफल पार्न यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछौं ।

साथै हामीहरू यहाँहरू सबैको घरघरमा देउसीभैलो को लागी आउन नसक्ने समयको पावन्दीले गर्दा टोलटोल को केन्द्रमा मात्रा देउसीभैलो खेल्ने निर्णयमा पुगेका छौं , यहाँहरूले व्यक्तिगत रूपमै आफ्नो घरघरमा देउसीभैलो टिमलाई निमन्त्रणा पनि गर्न सक्नुहुनेछ , त्यसको लागी एन आर एन फ्रान्स का कार्यसमिति पदाधिकारी वा सदस्यहरू संग सिघ्र संम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।

 

नोट :- हामीले देउसीभैलो खेल्ने टोल टोल स्थानको बारेमा facebook र web site मा जानकारी गराउँदै जानेछौं , नजीक नजीक आँफुलाई पाई पर्ने ठाउँमा आफ्नो उपस्थिति जनाई कार्यक्रममा सहभागीभई दिनु हुनको लागी सादर अनुरोध गरिन्छ ।

 

देउसीभैली कार्यक्रम तालिका :-

यही ०१ नोबेम्वर २०१३ सुक्रबारको दिन –
बेलुकी ६:४५ बजे देखि संघका उपाध्य सुर्वण बिक्रम हमाल को घर ( 3 rue Colbert 93300 Aubervilliers ) मा र सोही दिन हरि प्रसाद सापकोटाको घरमा सिस् रूट मा बेलुकी ८:१५ बजे देखि ,

 

# थपजानकारी को लागी हाम्रो facebook र web site हेर्दै गर्नुहोला

प्रार्थी :- 
एन आर एन फ्रान्स परिवार ।