newyear2071np-top-main

आदरणीय फ्रन्सवासी नेपाली दाजुभाई तथा दिदीवहिनी ज्यूहरू ,
फ्रान्समा कृयाशिल संम्पूर्ण संघ संस्थाहरू को संयुक्त आयोजनामा  » संयक्त नेपाली नयाँ वर्ष पेरिस फ्रान्स » विगत दुई वर्ष देखि मनाउँदै आई रहेकोमा यस वर्ष विविध प्राविधिक कारणले गर्दा उक्त कार्यक्रम आयोजना नहुने निर्णय सबै संस्था ( एन आर एन, तमुसमाज ,पाकोफेन, एकातासमाज, एभरेस्ट नेपाल र नेपाली सांस्कृतिक मंच ) हरूको भएकोले सबैलाई उक्त जानकारी गराउँदछौं ।
साथै
#नोट :- एन आर एन फ्रान्सले « संस्थागत आन्तरिक पारिवारिक एन आर एन नेपाली नयाँ वर्ष २०७१  » मनाउने निर्णय गरिएको छ ।
जसमा अनुसार एन आर एन फ्रान्सको (२०१३-२०१५) कार्यसमिति पदाधिकारी र स-परिवार, ( २०११-२०१३) को कार्यकालका कार्यसमितिहरू र स-परिवार, (२०१३-२०१५) का एन आर एन सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरू ,(२०१३-२०१५) मा एन आर एन फ्रान्सका कार्यक्रमहरूमा स्वयंमसेवक को भूमिकाबाट सहयोग गर्ने सम्पूर्ण स्वयंमसेवकहरू ,(२०१३-२०१५) मा एन आर एन फ्रान्समा देउसीभैलो कार्यक्रम मा सहभागी सम्पूर्ण स्वयंमसेवकहरू ,एन आर एन फ्रान्सका सम्पूर्ण खेलाडीहरू( फुटबल ,भलिबल) , एन आर एन फ्रान्सको सांस्कृतिक परिवार सदस्यहरू र कार्यक्रमहरूमा प्रत्येक्षभाग लिएर संस्थालाई सहयोग गर्ने अन्य कलाकारहरू, हाम्रा समाचारहरू संकलन संपादन गर्नुहुने सम्पूर्ण पत्रकारहरू तथा फोटो पत्रकारहरू,
लाई निमन्त्रणा गरिएको कुरा पनि यसै सुचना द्दारा निमन्त्रणा गर्दछौं !

 

माथी उल्लेखित सबैलाई एन आर एन फ्रान्सले पत्र ,ईमेल ,टेलिफ़ोन र मौखिक निमन्त्रणा गरिसकेकको छ , उल्लेखित सिमाक्षेत्रमा पर्ने माहानुभावहरूले निमन्त्रणा खबर नपाउनुभएको भएपनि यसैलाई आधारमानी « संस्थागत आन्तरिक पारिवारिक एन आर एन नेपाली नयाँ वर्ष २०७१ « मा उपस्थित भैदिनुहुन सादर निमन्त्रणाको साथ अनुरोध गर्दछौ ।
कार्यक्रमको विवरण :-
प्रवेश शुल्क :- निशुल्क , नेपाली खाना ( दाल, भात, मासु ,तरकारी ) तथा जलपानको ब्यवस्था गरिएको छ ,
मिति : १३ अप्रील २०१४ आईतबार ,
समय: दिन को १:०० बजे देखि ५:०० बजे सम्म,
स्थान : लाकुर्नवको पार्क Parc de la Cournuve (Parc Georges Valbon)

बस नं . 150, 250, 252 स्टेशन को नाम Cité Floréal

nrn-france-new-year-invitation-parc