पेरिस-
आईतबार १३ अप्रील २०१४ अर्थात वि.स. २०७० को अन्तिम दिन ग़ैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्ना शुभ-चिन्तकहरूलाई नि:शुल्क प्रवेशको रूपमा आमन्त्रण गरी लाकुर्नवको बंगैंचामा वनभोजको आयोजना गरेर नयाँ वर्ष वि. स. २०७१ को शुभकामना आदान प्रदान गर्यो । गत: २ वर्ष देखि फ्रान्समा कृयाशिल संघ संस्थाहरू मिलेर संयुक्तरूपमा नेपाली नयाँ वर्ष मनाउने परंम्परा बसेकोमा प्राविधिक कारणले ( ठूलो हल नमिकोले ) यस वर्ष संयुक्त कार्यक्रम आयोजना हुन नसकेकोले एन आर एन ए फ्रान्सले आफ्नो एकल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा एन आर एन ए संग आवद्द पुरानो कार्यसमितिका महानुभावहरू, संरक्षक, सल्लाहकारहरू, फुटबल तथा भलिबल खेलका खेलाडीहरू र सहयोगीहरू, सांस्कृतिक उपसमितिमा संलग्न कलाकारहरू र सहयोगीहरू र नेपाली दूतावास पेरिस फ्रान्सका कुटनैतिक ब्यक्तीहरू र संम्पूर्णका परिवारहरू साथै बालबालिका समेत गरि झण्डै १५० जनाको सहभागिता थियो ।

नेपाली झण्डा, संघको विभिन्न ब्यानर , ध्वजापतकाले सृंगाररिएको खुला वनभोज स्थलमा केटाकेटीहरूले विभिन्न खेलहरू खेलेर निक्कै रमाईलो गरे भने ठूला ब्यक्तीहरूले पनि भलिबल, फुटबल, ब्याडमिनटण्ड खेलको साथै मादलको तालमा विभिन्न लोक भाकाका गीतहरू गाएर , दोहोरी खेलेर ,नाचेर खुबै रमाईलो गरे । मौसमले पनि कार्यक्रमलाई साथ दिएको थियो ।

कार्यक्रममा नेपाली दूतावास का उपनियोग प्रमूख राम बाबु ढकाल, सहचारी धनीराम महत्तो, संघका संरक्षक हरिहर अर्याल ,निवर्तमान अध्यक्ष निर्मल अर्याल,आई सि सि सदस्य मिन बहादुर जी सी, सल्लाहकार मुकुन्दमान अमात्य, नेपाली सांस्कृतिक गृह्रका अध्यक्ष तथा सल्लाहकार हेमन्त उपाध्या लगाएत एन आर एन ए फ्रान्सका अध्यक्ष घनश्याम पौडेल , उपाध्यक्ष सुवर्ण बिक्रम हमाल , महासचिव भक्त वाग्ले, सचिव अनिल गुरूड्ग ,कोषाध्यक्ष नरेन्द्र शाही, सहकोषाध्यक्ष मिन कुमार श्रेष्ठ ,युवा प्रतिनिधि एक बहादुर मल्ल, सदस्यहरू क्रमश बिक्रम खाँण , शिवा पराजुली ,गिता थापा का साथै अधिकांश सदस्यहरूको उपस्थिति र सहयोग रहेको थियो भने साथमा नेपाली स्वादिष्ट खाना जलपानको माहोल भब्य थियो यसरी नेपाली नेपाली बीच एकता र भाईचारा अभिबृद्दि गर्ने लक्ष्य राख्दै शुभकामना आदान प्रदानको रमाईलो कार्यक्रम दिनको १:३० बजेबाट शुरू भै साँझ ७:०० बजे समाप्त भएको थियो ।
फोटो सौजन्य बिजेन्द्र प्रधान ….

nrn-france-new-year-2071-9

nrn-france-new-year-2071-5

nrn-france-new-year-2071-10