पेरिस फ्रान्स : 26/08/2015. ग़ैर आवासिय अन्तर राष्ट्रिय संघ आई सि सि का कोषाध्यक्ष डा. बद्री के. सी ,आई सि सि कै महिला प्रतिनिधि श्रीमती सपिला राजभण्डारी र राष्ट्रिय परिषद रसियाका भु. पु. माहासचिव एक नारायण चापागाई लाई NRNA FRANCE ले रात्रिभोजको आयोजना गरी भव्य स्वागत गर्यो ।
रात्रिभोज मा nrna france का आई सि सी सदस्य मिन बहादुर जी सी ,अध्यक्ष भक्त वाग्ले, उपाध्यक्ष दोय सुवर्ण बिक्रम हमाल र एक बहादुर मल्ल, माहासचिव नरेन्द्र शाही, कोषाध्यक्ष मिन कुमार श्रेष्ठ , सदस्य चेतभक्त ढुंगाना , नि:वर्तवान अध्यक्ष घनश्याम पौडेल, संरक्षक एवं सल्लाहाकार हरिहर अर्याल, सल्लाहाकारहरू मुकुन्द अमात्य, पेम्वा शेर्पा, सर्वसाधारण कृष्ण पहाडी , श्रीमती यमकला पौडेल, बोसला अमात्य र आकाश किरण श्रेष्ठ को उपस्थिती रहेको थियो ।

nrn-france-ratrivoj-1

Read More
उक्त रात्रिभोज मा एन आर एन ए आई सि सी र एन सि सी फ्रान्स बीचका गतिविधि बारे छलफल गरिएको थियो । आई सि सी का कोषाध्यक्ष डा. बद्री के सी ले कोषाध्यक्षको हैसियतले आई सि सी को बजेटबारे डिटल मा प्रष्टाउंदै सहभागीहरूलाई आफ्नो जीज्ञाशा भएमा राख्न अनुरोध गर्दै सबैका जिज्ञासा को उत्तर दिंदै आगामी अधिवेशन मा आफ्नो उमेदवारी माहासचिव मा दिने घोषणा गर्दै सहयोग गर्नु हुन को लागी एन सि सी फ्रान्सलाई अनुरोध गर्नु भयो । डा. के सी ले आफ्नो भनाई को अन्तमा स्वर्गीय भु.पु फ्रान्सका आई सि सी असोक न्यौपानेको सम्झना स्वरूप गर्ने भनियको चेयारिटी प्रोग्राम अाफु आउने कार्यकाल मा भए पनि नभए पनि उक्त चेयारिटी प्रोग्राम आंफैले सम्पन्न गर्ने छु भन्ने प्रतिवध्दता जाहेर गर्नु भयो ।
त्यस्तै आई सि सी संयोजक सपिला राजभण्डारी ले आफ्नो वितेको कार्यकालमा महिलाहरू का हक़ अधिकार, बच्चालाई दिईने नागरिकता का भिन्नता सम्बन्धि अधिकारहरूमा परिवर्तन संविधानमै उल्लेख गर्ना लगाएको, बिभिन्न महिला संम्वन्धि रोग विरूद्ध मा विभिन्न क्याम खडागरी उपचार गरिएको तथा श्रोत परिचालन को भिजन संसारका एन आर एन महिलाहरू बाट १ महिला १ महिना को १$|£|€ भन्ने नाराका साथ फण्ड जम्मा गरि महिला संम्वन्धि कार्यहरू गरेको डिडेल प्रस्तुत गर्दै आगामी कार्यकाल मा पनि संभवत: आफ्नो पद पुरानै दोहोर्याउने घोषणा गर्दै एन सि सी फ्रान्सलाई कार्यक्रम आयोजना गरेकोमा धेरै धन्यवाद टक्राउनुभएको थियो । उक्त रात्रिभोज कार्यक्रम मा सहभागीहरूले रसिया देखि पाल्नुभएका आई सि सी पदाधिकारीहरूलाई आ-आफ्नो परिचय दिंदै दुई चार शब्दमा स्वागत गर्नुभएको थियो ।

 अन्तमा एन सि सी फ्रान्सका नव निर्वाचित अध्यक्ष भक्त वाग्ले ले पाहुनाहरूलाई स्वागत तथा उपस्थित सहभागीहरूलाई धन्यवाद दिनुहुदै केन्द्र देखि फ्रान्सलाई संस्थागत मनोबल बृद्दिको लागी नेर्तृत्व वर्गबाट संधै यसरी नै सुझाव सल्लाह, भेटघाट र पारदर्शीता पूर्वक कार्यक्रमहरू पेश गरिदिनु हुने छ भन्दै डा. श्री बद्री के सी ज्यु र श्रीमती सपिला राजभण्डारी को आगामी आई सि सी मा उहाहरूले जनाउनुभएको पदहरूमा सफलता को लागी एन सि सी फ्रान्सको तर्फबाट अग्रीम बधाई दिनु हुंदै रात्रिभोज समापन भएको थियो ।

nrn-france-ratrivoj-2

nrn-france-ratrivoj-3

nrn-france-ratrivoj-4