फ्रान्सको पेरिस स्थित नेपाली नारीहरूको विशेष पर्व « हरितालिका तीज पर्व 2072  » यस वर्ष देखि एन आर एन ए फ्रान्सले आयोजना गर्ने भएको छ । NRN FRANCE को नव निर्वाचित (2015-2017) कार्यसमिति को पहिलो फुल मिटिंग ले सो कुराको एउटा इतिहासिक निर्णय गरेको हो ।फ्रान्सका सम्पूर्ण दिदीवहिनीहरू लाई तीज पर्वको संझना स्वरूप « तीज विशेष कार्यक्रम निःशुल्क कार्यक्रम आयोजना « गर्ने निणर्य गरेको कुरा जानाकारी गरायको छ । यस कार्यक्रम नित्तान्त कार्यसमिति का पदाधिकारीहरूको र संस्थाका अन्य सहयोगी मान्य ब्यक्तिहहरू को ब्यक्तिगत आर्थिक सहयोग मा निःशुल्क गरिने जानकारी गराउंदै, पेरिस मा आज सम्म ब्यवस्थित रूपमा हल बुकिंग गरी संस्थाले आयोजना गर्ने तीज कार्यक्रम यो ‘पहिलो ‘ हुने कुरा एन आर एन फ्रान्सले जनाएको छ । झण्डै ४०० जना महिला दिदीवहिनीहरू को लागी पुग्ने गरी भव्य तयारी गर्रिएको कुरा पनि संघले सार्वजनिक गर्दै फ्रान्स का सम्पूर्ण दिदीवहिनीहरू लाई तल दिईएको मिति ,समय र स्थान मा उपस्थित भै दिनुहुन हार्दिक निम्नत्रणा गरेको छ :-
मिति :- 06/09/2015,
समय :- विहान को 12:00 बजे देखि वेलुकी 5:00 बजे सम्म,
स्थान :- 2 Rue du 8 Mai 1945
94700 Maison-Alfort
France
*Mertro line no. 8. stop: Maison-Alfort state.
प्रार्थी :-
– एन आर एन ए फ्रान्स परिवार !
नोट :- अन्य जानकारीको लागी एन आर एन ए फ्रान्स महिला संयोजक तथा कार्यसमिति का पदाधिकारीहरू एवं सदस्यररू संग सम्पर्क गर्न सक्नु हुने छ ।