४ मार्च २०१७ देखि हराएर २० मार्च २०१७ मा पानीको नवग्ने कृत्रिम खोलामा शव भेंटिए को तथा पोस्टमाट्रम रिपोर्ट आईसकेपछि एन आर एन ए फ्रान्सले परिवारजनको अनुरोधमा शव नेपाल पठाउन अभियान अगाडी बढाएको थियो ।
पेरिस वासी नेपालीहरूले पार्थिव शरीरलाई विहान ११ बजे देखि ११:३० सम्म 2,place mazas 75012 को La prefecture de police INSTITUT MÉDICO-LEGAL renseignements aux familles को हलमा अन्तिम श्रद्धान्जली अर्पण गरे ।
उक्त श्रद्दान्जली सभा मा उपस्थित सहभागीहरूले १ मिनेट मौनधाराणा गरी श्रद्दान्जली अर्पण गरेका थिए भने एन आर एन ए फ्रान्स का अध्यक्ष भक्त वाग्ले ले फुलको गुच्छा चढाउंदै श्रद्धान्जली व्यक्त गर्नु हुंदै शोकसन्तब्द परिवारजन प्रति समावेदना ब्याक्त गर्दै स्वर्गीय सन्तोष दाहालको पार्थीक शरिर नेपाल पठाउन आवश्यक आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी माहानुभावहरूमा मृतकको परिवार र एन आर एन ए फ्रान्सको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

तेस्तै संस्थाको कोष हरेक वर्ष तिहारमा देउशीभैली खेलेर संकलन गरिने आपतकालीन कोष बाट २०००।-€ सहयोग हाल्ने निर्णय भएको मा हाल्नु नपरेको र सहयोगीहरू बाट उठेको रकमले नै खर्च पुगेको र अझै बांकी रहेको , सो रकम समेत आकस्मिक कोष मै राख्नको लागी सन्तोंष दाहालको परिवार बाट अनुरोध आएकोले जम्मा ४२९३।-€ उठेकोमा जम्मा ३७४५।-€ खर्च लागेको र बांकी ५४८।-€ आपतकालीन कोषमा रहने जानकारी गराउनु भयो ।

तेस्तै नेपाली राजदूतावास पेरिस फ्रान्सको तर्फबाट उपनियोग प्रमुख राम वावु ढकाल ले श्रद्धान्जली एवं समावेदना व्यक्त गर्दै एन आर एन ए फ्रान्सले गरेका कार्यहरूको सर्हाना गर्दै विदेश स्थित नेपाली कोही कसैले समस्या परे राजदूतवास आई सहयोग माग्नु हुन अनुरोध गर्नु भएको थियो ।

श्रद्धान्जली सभामा एन आर एन फ्रान्सका वरिष्ठ उपाध्यक्ष सुवर्ण हमाल ,उपाध्यक्ष एक बहादुर मल्ल, निवर्तवान अध्यक्ष घन श्याम पौडेल, भु.पु. अध्यक्ष निर्मल अर्याल, आई सि सि सदस्य मिन बहादुर जी.सी. ,स्वर्गीय दाहालका साथीहरू र शुभचिन्तकहरू उपस्थित हुनुन्थ्यो ।

अन्तमा सबैले शव लाई बक्समा बन्द गरी संयुक्तरूपमा वोकेर शव वहान मा राखि नेपाल पठाउन को लागी पूर्व तयारीनुसारको एर्पोटमा पठाईएको थियो ।

NRN France