आदरणीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,
नमस्कार,
गैर आवासीय नेपाली संराष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति २३।०७/२०१७ आईतबारको दिनमा यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गर्ने भएकोले यहांहरु सबैलाई हार्दिक निमन्त्रणा गरिन्छ ।
यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage Etretat ) छनौट गरिएको छ । यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने विभिन्न खेलभलिबल, बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडिखेल्दा सामुनद्रिक तटको नया अनुभव गर्न सकिने साथमा बनभोज र सांस्कृतिक कार्यक्रमहरू , लोक दोहोरी र नाच गांनको समेत वातावरण तयारी गर्न सकिने सहर्ष सबैमा जानकारी गराउंदै उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ :-
मिति : आईतबार – 23 July 2017
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ८:०० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:०० बजे
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १० वर्ष सम्मका लागि : २५€ लाग्ने गरी तय गरिएको छ भने १० वर्ष देखि माथिका व्यक्तीहरू को लागि : ४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा ,बस भाड़ा को समेत व्यवस्था हुनेछ ।

*#*यस कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले छिटो सिट रिर्जभ गर्नुहोला । हामीले यस वर्ष ११५ जना मात्रा लाई सहभागी गराउंने निर्णय गरेकाछौं । तेसैले आफ्नो स्थान समयमै सुरक्षित गर्नु होला । यस पाली यहाहरूले अनलाईन बाट पनी टिकट लिन सक्ने व्यवस्था मिलाएका छौ यसको लागि यो लिंक मा गएर लिनु होला https://www.weezevent.com/nrn-trip
थप जानकारीको लागि निम्न व्याक्तीहरू संग पनी लिन सक्नु हुनेछ :-
सुवर्ण बिक्रम हमाल : 06 59 69 47 34,
एक बहादुर मल्ल : 06 51 90 85 73,
भक्त वाग्ले : 06 78 96 56 78,
घनश्याम पौडेल : 06 38 40 13 08,
नरेन्द्र शाही ठकुरी : 06 20 42 98 00 ,
गीता थापा : 06 95 35 92 34,
कृष्णा पराजुली : 06 11 71 52 98,
मिन जी सी : 06 81 71 71 38,
मिन कुमार श्रेष्ठ : 06 28 04 47 90.
पार्वती मल्ल : 06 95 51 92 20
प्रकाश सापकोटा : 06 13 26 14 24

नोट :- कृपया सबैले साथीभाईहरुलाई खबर गर्नुहोला साथै आफ्नो फेसबुक वालमा पनि सेयर गरिदिनु होला , हाम्रो सबै फ्रान्सवासी साथीहरूमा ईमेल ,फोन आदी समेत गरी सहयोग पुर्याइ दिनुहुन् सबै संघ संस्था र वियाक्तीहरूमा एन आर एन ए फ्रान्स हार्दिक अनुरोध गर्दछौं ।
# थप जानकारीको लागी हाम्रो फेसबुक र वेब साईट पनि हेर्दै गर्नुहोला ।
प्रार्थी:-
नरेन्द्र शाही ठकुरी
माहासचिव
एवं गैह्र आबासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद
फ्रान्स परिवार ।