गैर आवासिय नेपाली संघका सदस्यहरुलाई फोटो सहितको आधुनिक परिचयपत्र उपलब्ध गराउनु आवश्यकता महशुस गरि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) ले परिचयपत्र जारी गर्न लागेको कुरा सबै फ्रान्सबासी गैर आवासिय नेपाली संघका सदस्यहरुमा अवगत गरिन्छ ।

गैर आवासिय नेपाली संघका सदस्यहरु लाभान्वित हुनसक्ने गरी बिभिन्न देशका होटलहरू, सुपरमारकेट, ईस्सुरेन्स कम्पनि, एयर लाईन्स लगायत थुप्रै ठाउबाट डिसकाउन्ट पाउने गरि साथै राष्ट्रिय समन्वय परिषद (NRNA NCC) र अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) द्वारा निकट भविष्यमा लागू हुने विभिन्न योजनाहरुमा पनि यसै परिचयपत्रलाई आधार मानि सुविधा उपलब्ध गराइने हुँदा सो परिचय पत्र बनाउनको लागी हजुरको फोटो, नाम, जन्ममिती र ईमेल आईडी आबश्यक परेको हुँदा सम्पूर्ण गैर आवासिय नेपाली संघ फ्रान्सका सदस्यहरुले तल उल्लेखित ब्यक्तिका फेसबुक म्यासेन्जरमा वा एन आर एन फ्रान्सको ईमेल nrnfrance@gmail.com मा माग गरेको सहि नाम, थर,  इमेल आइडी, जन्म मिति र फोटो उपलब्ध गराउनु हुन सबै सदस्यहरुमा अनुरोधका साथ सूचित गरिन्छ।

सम्पर्क ब्याक्तिहरू Ek Bahadur Malla, Narendra Shahi, Prakash Shapkota, Krishna Parajuli

 

अध्यक्ष

एक बहादुर मल्ल

गैरआवासिय नेपालीसंघ फ्रान्स