यहि २३ जुन २०१८ मा ला कोर्नाभ नगरपालिका (Mairie de la Courneuve) ले पार्क द ला लिबेर्ते (Parc de la Liberté) मा आयोजना गरेको Pique-Nique कार्यक्रममा एन आर एन फ्रान्स सहभागी भएको थियो । नगरपालिकाले आफ्नो छेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई एकै ठाउमा स्टल राख्न दिएर आ-आफ्नो संस्कृति, खानापिन र  संस्थाले गरेका गतिबिधिहरु बारे ज्ञान आदान-प्रदान गर्ने उद्देस्यले कार्यक्रम संचालन गरेको थियो।

एन आर एन फ्रान्सको स्टलमा संस्थाले गरेका क्रियाकलापहरुको जानकारी र बिशेष गरि नेपाल कला संस्कृति चिनारी हुने गरि तस्बिरहरु, ब्यानरहरु र खानेकुराहरु राखिएका थिए। कार्यक्रममा संघ संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका क्रियाकलापहरु र गर्न सकिने अन्य कामहरुको बारेमा अन्तरक्रिया भएको थियो।  साथसाथै ला कोर्नाभ नगरपालिका मेयर जिल पु र नगरपालिकामा कार्यरत विभिन्न व्यक्तिहरु संग पनि संस्थाको हक हित को बारेमा कुरा भएको थियो।

प्रवक्ता

प्रकाश सापकोटा