२९ अप्रिल २०१८ आइतबार का दिन एन आर एन ए फ्रान्स महिला समितिले पेरिसको लाकुर्रनव सहरमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ ! माहासचिब नरेन्द्र शाही (ठकुरी) को कार्यक्रम संचालन तथा एन आर एन ए फ्रान्स महिला संयोजक पान कुमारी मल्ल (पार्वती) को स्वागत भाषण साथै फ़्रान्समा भय गरेका महिला हरुका समस्या लगायत एन.आर.एन.ए केन्द्रले नेपालमा संचालन गरेको स्वस्थ शिबिरहरू (महिलाहरूको पाठेघर खस्ने समस्या ) र फ्रान्समा महिला फोरम गठन तथा हाल सम्म एन आर एन ए ले गरेका महिला संग सम्वन्धित कार्यहरू को जानकारी गराईएको थियो ।

कार्यक्रका प्रमुख अतिथि नेपाली राजदुताबास फ्रान्सका कार्यवाहक राजदुत लेखनाथ भट्टराई, कार्यक्रम मा बिशेष अतिथि एन आर एन एन ए केन्द्रीय महिला संयोजक श्रीमति रजनी प्रधान र युरोपियन क्षेत्र महिला फोरम उपसंयोजक श्रीमती संगीता मरहट्टा शर्मा को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका अध्यक्ष एन आर एन ए फ्रान्सका सस्थापक,प्रमुख संरक्षक, आइ सी सी सदस्य,संरक्षक हरु,सल्लाहकारहरु, बिधार्थीहरु साथै पेरिस स्थित नेपाली दिदि बैनी हरुको भब्य उपस्तिती रहेको थियो।कार्यक्रममा बिभिन्न नेपाली गीत संगीतमा नृत्य गरिएको थियो । 
कार्यक्रम सम्पन्न गर्न को लागि अहोरात्र सहयोग गर्नुहुने एन आर एन ए फ्रान्सका कार्य समितिका साथीहरु, हल सजाबट, नृत्यमा सहयोग गर्नुहुने बैनीहरु सवैलाइ धन्यबाद ज्ञयापन गर्दछु

अध्यक्ष
एक बहादुर मल्ल 
एन आर एन ए फ्रान्स परिवार