उपरोक्त सम्बन्धमा केही दिन पहिला फ्रन्समा आकस्मिक मृत्यु हुनुभएको स्वर्गिय सन्तोष दाहालको परिवारको आग्रह अनुसार Nrna france ले उहाँ को पार्थिव शरीर नेपाल पठाउनको लागी Nrna france मार्फत फ्रान्सवासी नेपाली संघ संस्थाहरू र व्याक्तीहरूलाई अपिल गर्नुभएको कुरा हाम्रो यस भन्दा पहिलाको हार्दिक श्रदान्जली मार्फत नै सबैलाई सार्वजनिक भएकै कुरा हो ।
 »  

नेपालीहरूको साझा संस्थाको रूपमा दुखित परिवारको अनुरोध स्विकार गर्नु हाम्रो दायित्व हो « ।
यस सम्वधि सामाजीक संजालमा केही व्याक्तीले धैर्यता गुमाएको झैं  र नकारात्मक संदेश प्रचार गरेको मा Nrnfrance को ध्यान आकर्षण भएको छ । यो गम्भीर असहज दु:ख को परिस्थिति मा सन्तुलन गुमाएर दु:ख मा परेका परिवार र सहयोगी हातहरूलाई दुखित वनाउने खालका कुराहरू नगरिदीनु हुन यो विज्ञप्ति द्दारा खण्डन र हार्दिक अपिल गर्दछौं ।

यस्ता भ्रम सृजना गर्नेहरूको पछाडी नलाग्नु हुन सम्पूर्ण सहयोगी नेपाली मनहरूलाई अनुरोध गर्दछौं ।
सबै महानुभावहरूलाई यस गम्भीर परिस्थिति मा सहयोग र सल्लाहको लागी अनुरोध गर्दछौं ।

भक्त वाग्ले
अध्यक्ष
एंव Nrna france परिवार ।